ओझेल भित्रका सचेतना अभियान
No icon

सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता सम्पन्न

वडा स्तरिय युवा तथा खेलकुद सञ्जाल समिति सरावल १ पश्चिम नवलपरासीको आयोजनामा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता शनिबार सरावल १ स्थित बासाबसहीको खेल मैदानमा एक कार्यक्रमका बीच समापन भएको छ । सञ्जालका अध्यक्ष फरेन्द्र चौधरीको अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवं सरावल वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरी र एन्फा नवलपरासीका जिल्ला सल्लाहकार नारायण पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा बोल्दै प्रमुख अतिथि चौधरीले  खेलकुद मानिसका लागि अपरिहार्य रहेको बताउदै सरावल गाउपालिकाले गाउपालिका भित्रका विभिन्न खेलकुदका कार्यक्रमलाई अगाडी बढाउदै गाउपालिकाले विभिन्न खेलाडिहरुलाई अगाडी बढाउन बजेट विनियोजन गरेको बताउदै सरावल गाउपालिका भित्रका सम्पुर्ण खेलाडिलाई खेलकुदको बिकासका लागी निधैक्क भएर लाग्न आग्रह समेत गर्नुभयो ।

सोही कार्यक्रममा बोलदै विशिष्ट अतिथि भेष नारायण चौधरीले खेलकुद प्रबद्र्धनका लागी वडाध्यक्ष कपको आयोजना गरिएको बताउदै यस वडामा रहेको खेलमैदानलाई ब्यवस्थित बनाउन जरुरी रहेको र आफुले स्थानिय सरकार लगाएत प्रदेश सरकार हुदै केन्द्र सरकारलाई समेत जानकारी गराएको बताउनुभयो साथै उहाँले आफुले थालेको पहलबाट आगामी दिनमा सो खेलमैदान ब्यवस्थित हुने कुरामा आफु विश्वसनिय रहेको र यस किसिमका खेलकुदलाई निरन्रता दिदै जाने बताउनुभयो ।

सो अवसरमा विशिष्ट अतिथि सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे, बसन्तपुर जेनिथ ईग्लिश बोर्डिंग स्कुलका प्रिन्सिपल विष्नु चौधरी, रजहा बनबाटिकाका अध्यक्ष कृष्ण प्रसाद भुषाल लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रममा अतिथिहरु तिलकपुर महिला बचत तथा ऋण सहकारी अध्यक्ष मिना चौधरी, वडा नम्बर १ की महिला वडा सदस्य राधा चौधरी, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य खिमलाल पोखरेल लगाएतको आतिथ्यता रहेको थियो । सञ्जालका सचिव निम नारायण चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गरमाथा कल्ब अध्यक्ष टापेन्द्र न्योपानेले गर्नुभएको थियो । सो अवसरमा प्रतियोगिताको समापन फाइनल खेल अन्र्तगत श्री हरीयाली युवा क्लब भगडा र आयोजक वडा स्तरिय युवा तथा खेलकुद सञ्जाल बसही बीच भएको खेलमा ० का विरुद्ध ६ गोलले आयोजक टिम बसही विजयी भएको छ । कार्यक्रममा प्रथम हुने टिमलाई नगद १५ हजार ५ सय ५५ रुपिया सहित मेडल, कप र प्रमाण पत्र, उपविजेता हुने टिमलाई नगवद ८ हजार ८ सय ६८ रुपिया सहित मेडल, कप र प्रमाण पत्र प्दान गरिएको थियो भने सेमिफाइनलमा पुगी सन्तावना स्थान हासिल गर्न सफल भएका सौगात सामुदायिक विकास प्रतिष्ठान बासाबसही र वर्मा युवा क्लब बासा गरि प्रति टिम नगद २ हजार ५ सय रुपिया सहित ट्रफि प्रदान गरिएको थियो । त्यस्तै, आजै सम्पन्न खेलमा उत्कृष्ण खेलाडी जोगिन्द्र चौधरी, मिडफिल्डर ईन्द्रजित भर, अत्यधिक गोलकर्ता राहुल गौडेल र द मेजर युवा क्लब पथरहियाका गोलकिपर उमेश चौधरी समेत ट्रफिले सम्मान गरिएको खेल समयोजक अमरजित ठाकुरले जानकारी दिनुभएको छ । गत मशिंर १४ गतेदेखी २८ गते सम्म सञ्चालनमा रहेको प्रतियोगितामा सरावल वडा नम्बर १ भित्रका ८ वटा टिमको सहभागिता रहेको थियो ।  प्रतियोगिताको अफिसियल मिडिया सामुदायिक रेडियो दाउन्ने रहेको थियो । 

Comment As:

Comment (0)