ओझेल भित्रका सचेतना अभियान
No icon

आज देखि लाफा ब्याडमिन्टन शुरु

बुटवल । लाफा समुहको आयोजनामा शनिबारदेखि पाच नम्बर प्रदेशमै ठुलो धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुदै छ ।
प्रदेशमै प्रथम पुरस्कार ५१ हजार राशी राखेर प्रतियोगिता गरि खेल र खेलाडीको विकासमा टेवा दिने लक्ष्य रहेको क्लबका अध्यक्ष तारा सिह रेश्मीले बताए । दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन सबै तयारी पुरा भएको उनले बताए ।  
खुल्ला तर्फ उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैया, दोस्रो टिमले नगद ४१ हजार १ सय ११ तथा तेस्रो टिमले नगद ३१ हजार १ सय ११ रुपैया नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि भेट्रान्स तर्फ उपाधि विजेता टिमले नगद २१ हजार १ सय ११, दितिय टिमले नगद नगद १५ हजार १ सय ११ तथा तृतिय टिमले नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए । भेट्रान्स टिमको प्रतियोगीको उमेर न्युनतम ४५ वर्ष हुनुपर्ने उनले बताए ।
दुई दिने हुने प्रतियोगितामा करीब १३ लाख खर्च हुने क्लबका संरक्षक बासुदेव लामिछानेले बताए ।
क्लबबाट सामाजिक उत्तरदायित्व अन्तरगत एम्बुलेन्स संचालन गर्ने, अनाथ तथा अपाङहरुलाई सहयोग, वर्षको दुई पटक नियमित रक्तदान कार्यक्रम, ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता गराउने लक्ष्यहरु रहेको उनले बताए ।
प्रतियोगिता दुई ईभेन्टमा खेलाइने खेल संयोजक पुरन गाहाले बताए । दीपनगरस्थित लाफा समुहको ब्याटमिन्टन कोर्टमा ३ वटा कोर्टमा खेल हुने छन भने करीब २ सय जना खेलाडीहरुबाट एक सय टिमले उपाधि प्रतिस्पर्धा गर्ने उनले बताए ।
प्रतियोगिताको उद्घाटन बिहान ८।३० मा प्रदेश नं। ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालबाट हुने क्लबका संयोजक जगत बयम्बुले बताए ।

Comment As:

Comment (0)