ओझेल भित्रका सचेतना अभियान
No icon

अाइतबार काेराेनाका १४७७ जना संक्रमित थपिए, ६ जनाकाे मृत्यु

३० कात्तिक, अाइतबार ।

पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयाेगशालामा ६ हजार ४७६ जनामा गरिएकाे पीसिअार परीक्षणमा १४७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

अाज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ।

हालसम्म निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ भने देशभर आज ३५ हजार १२५ जना संक्रमितहरु आइसोलेसनमा बसेका छन् । 

थ्यसैगरी, अाज काेराेना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । याेसँगै नेपालभर काेराेनाका कारण  १ हजार २२१ जनाको मृत्यु भएको छ ।

 

Comment As:

Comment (0)