बासगढिमा रहेको गुलाब बहुउद्देश्यीय सहकारी संस्था ले १ लाख ३० हजार कोभिड नियन्त्रण को लागि सैनामैना नगर लाई हस्तान्तरण
रुपन्देहीको सैनामैना ८,बाँसगढिमा रहेको “गुलाब बहुद्धेश्य सहकारी संस्थाले सैनामैनाकाे काेभिड अस्पताललाई स्वास्थ सामाग्री खरिदका लागि सहयोग स्वरुप सैनामैना नगरपालिकालाई रु १ लाख ३० हजार उपलब्ध गराएको छ । संस्थाका अध्यक्ष गाेपाल भण्डारीले सैनामैना उपाध्यक्ष माया ज्ञवालि लगाएत को टिम ले नगरपालिकाका मेयर चित्र बहादुर कार्कीलाई रकम हस्तान्तरण गर्नुभएको रेडियो मलमला का कार्यलय प्रमुख टीका खरेल जानकारी दिनु भएको छ अहिले सैनामैना मा संस्थाहरुले सयोग गर्ने सबैलाई नगर प्रमुख ले धन्यवाद दिदै नगर ले सधैं कोभिड नियन्त्रणमा सबैको आवश्यकता रहेको बताउनु भयो ।
